काठमाडौं,कार्तिक ३
सिन्धुली र रामेछाप जोड्ने खुर्कोटस्थित सुनकोशी
नदीको पुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
गत असोज १० देखि १२ गतेसम्मको अविरल
वर्षापछि सुनकोशीमा पुल बगाएको थियो । रामेछापतिर एउटा स्पान बगाएपछि त्यहाँ
अहिले बेलिब्रिज हालिएको हो ।
बेलिब्रिज हालिएपछि अब केही दिनमा नै सवारी साधन सञ्चालन हुने भएको छ ।
२ कार्तिक २०८१, शनिवार ०२:३५ मा प्रकाशित