काठमाण्डौ , कार्तिक २९
दार्चुलामा जात्रा
हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ
पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश
दाहालका अनुसार घटनास्थलमा छ र उपचारको क्रममा दुई जनाको ज्यान गएको हो ।
ज्यान
गुमाएका आठै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा शैल्यशिखर नगरपालिकाका
दिलिप बिष्ट, मिना
लेखक, विरेन्द्र
रावल र शान्ति रावल, बैतडीको
डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का विरेन्द्र बोहरा, सुदिप बोहरा, भारतको उत्तर प्रदेश
विजनौरका मोहमद सफीर र मोहमद बसिर रहेका छन् ।
घाइते
पाँच जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । शैल्यशिखर नगरपालिका–६ को
बकजेबलामा आज बिहान म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको हो ।
२९ कार्तिक २०८१, शुक्रबार ०१:२८ मा प्रकाशित