पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश

Jhalkonepal

काठमाडौ , असार १९

पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पत्रकार पाठकले आजै धरौटी बुझाउने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ।

पत्रकार पाठकले केही समयअघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। 

प्रतिक्रिया