नेप्से परिसूचक दुई हजार छ सय छयालीस बिन्दुमा कायम

Jhalkonepal

काठमाण्डाै, पुस २३

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर दुई हजार ६४६ बिन्दुमा बजार बन्द भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ०.८९, फ्लट इन्डेक्स ०.२७ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.०७ अंकले बढेको छ ।
आज १३ मध्ये ४ उपसमूहको शेयर घट्दा ८ उपसमूहको शेयर बढेको छ भने लगानी समूहको स्थिर छ । कारोबारमा आएका २४३ कम्पनीमध्ये १२६ कम्पनीको शेयर बढ्दा १०७ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयर भने स्थिर रहेको छ ।

प्रतिक्रिया