पत्रकार सम्मेलनमा लेखकले गरे उल्टै भावनात्मक प्रश्न, कर्मचारी प्रशासनलाई दोष

Jhalkonepal

काठमाडौं , जेठ १५

भिजिट भिसाका नाममा भएको असुलीलाई लिएर चौतर्फी प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दा धेरैलाई अपेक्षा थियो, ‘उनले आफूमाथि लागेको आरोपबारे वस्तुगत जवाफ देलान्, प्रत्येक प्रश्नको तथ्यगत प्रतिवाद गर्लान् ।

तर, बजेट भाषणको पूर्वसन्ध्यामा गृहमन्त्री लेखकमाथि प्रश्न उठेको विषयलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध पारिरहेका बेला उनले उल्टै भावनात्मक प्रश्न तेर्स्याए, ‘तपाईंहरूलाई लाग्छ– रमेश लेखक यस्ता गैरकानुनी कार्यमा संलग्न होला ?’

लेखकले व्यक्ति केन्द्रीत र राजनीतिक कुण्ठा प्रेरित विषय उठाएर सार्वभौम संसद् अवरुद्ध गरिएको भन्दै त्यो आफैंमा बुद्धिमानपूर्ण कार्य नभएको टिप्पणीसहित बचाउ गरे ।

संसद् भवन परिसरमै पत्रकार सम्मेलन गरेर गृहमन्त्री लेखकले मुख्यतः दुई विषयमा जोड दिए ।

पहिलो, कुनै कर्मचारीलाई जिम्मेवारी दिएका कारण मन्त्री जवाफदेही हुने अवस्था आउँदैन । अर्को, कुनै कर्मचारी भ्रष्टाचारको छानबिनमा परेको अवस्थामा मन्त्री जवाफदेही बन्नु र राजीनामा दिनु पर्दैन ।

उनले आफू जोडिएको घटनासँग असान्दर्भिक उदाहरणहरू दिएर राजीनामाको असान्दर्भिकता पुष्टि गर्न खोजिरहे ।

गृहमन्त्री रमेश लेखकले सुरुमै सहसचिव तीर्थराज भट्टराईको पोष्टिङको प्रसंगबाट आफ्नो भनाइ सुरु गरे । आफूले नभई रामबहादुर थापा गृहमन्त्री भएका बेलामा भट्टराईले गृह मन्त्रालय अन्तर्गत गोरखाको सीडीओ बनेको भन्दै त्यसपछि बालकृष्ण खाँणको पालामा पञ्जीकरण विभागको महानिर्देशक बनेको र रवि लामिछाने गृहमन्त्री भएका बेलामा मोरङको प्रमुख जिल्ला अधिकारी बनेको बताए ।

प्रतिक्रिया