थाइल्यान्डमा समान विवाह कानून आजदेखि लागू, सयौं जोडीले गराए विवाह दर्ता

Jhalkonepal

काठमाण्डाैं, माघ १०

थाइल्यान्डले समलैंगिक विवाहलाई कानूनी मान्यता दिएको छ । थाइल्यान्डमा लामो समयदेखि प्रतिक्षा गरिएको समान विवाह कानून आजदेखि लागू भएको बीबीसीले जनाएको छ ।
आज सयौं समलिंगी जोडीले विवाह दर्ता गराएका छन् । जिल्ला अधिकारीहरूले फोटो बुथ र निःशुल्क कप केकसहित पार्टीको आयोजना गरेका छन् । त्यहाँ विवाह दर्ता गराउनेहरू विभिन्न रंगका पोशाकमा सजिँदा उत्सवमय भएको खबरमा उल्लेख छ । विवाह दर्ता गर्ने पहिलो जोडीलाई हवाई टिकट पनि नि:शुल्क थियो ।
गएको सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले यो कानूनलाई अनुमोदन गर्नुभएको थियो । त्यसको १ सय २० दिनपछि यो कानून लागू भएको हो । थाइल्यान्डमा 'एलजीबीटीक्यू प्लस' अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारलाई धेरै महत्त्व दिइन्छ । नयाँ विवाह कानूमा पुरुष, महिला, पति र पत्नीको सट्टा लैङ्गिक तटस्थ शब्द प्रयोग गरिएको छ । नयाँ कानूनमा तेस्रोलिंगीलाई पनि विवाह गर्ने अधिकार दिइएको छ ।
 

प्रतिक्रिया