काठमाडाैं , चैत १३
ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।
प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।
आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाकाे ज्यान गएकाे थियाे । सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।
१२ चैत २०८०, मङ्गलबार १२:४२ मा प्रकाशित