काठमाडौँ, साउन २७
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका
विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको
कार्यालय, सिंहदरबारमा शिष्टचार
भेटवार्ता भएको हो ।
उनी दुई दिने नेपाल भ्रमणका लागि आज
बिहान काठमाडौँ आईपुगेका हुन् । केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक
भारतबाट उच्च स्तरीय भ्रमण भएको हो ।
सो भ्रमणको क्रममा उनले राष्ट्रपति
रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजू राणा
देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।
परराष्ट्र सचिव सेवा लम्सालको
निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत
भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।
गत जुलाईमा भारतको विदेश सचिवमा
नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए
।