नयाँबसपार्क क्षेत्रबाट प्रहरीले पटाका बरामद

Jhalkonepal

काठमाडौं,कार्तिक १० 

काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट प्रहरीले पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२६ बाट अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।
अवैधरुपमा पटकाजन्य वस्तु लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा दुईवटा बोरा चेकजाँच तथा खानतलासी गर्दा काठमाडौँ महानगरपालिका–२९ पुतलीसडक बस्ने २५ वर्षीय न्यूजल कसालाई पटाकासहित शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कसालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको नयाँबसपार्क प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया