काठमाडौं, पुस २८
हाल
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया
बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा
रहने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार)
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका
केही स्थान,
लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी
भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा
हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
२७ पुस २०८१, आईतबार ०७:३० मा प्रकाशित