काठमाण्डाै, कार्तिक २१
अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति
डोनल्ड ट्रम्पले बहुमत पाएका छन्।
राष्ट्रपतिमा विजयी हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा ट्रम्पले आवश्यक मत पाइसकेका छन्। मतगणना जारी छ।
औपचारिक रूपमा निर्वाचनको परिणाम भने घोषणा गरिएको छैन।
बहुमत हासिल गरेपछ निर्णायक रिपब्लिकन
उम्मेदवार ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गरेका छन्। उनले मतदातालाई
धन्यवाद दिएका छन्।
ट्रम्पले भने‚ ‘आफ्नो देशलाई ठीक गर्नका लागि
सहयोग गर्नुभयो। यो अमेरिकी जनताको शानदार जित हो। यसले हामीलाई अमेरिकालाई फेरि
महान् बनाउने स्वीकृति दिएको छ।'
२० कार्तिक २०८१, बुधबार ०२:४६ मा प्रकाशित