विराटनगर, भदौ ११
प्रत्येक वर्ष विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको ५६ औं संस्करण आज बिहीबार निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ वजे प्रारम्भ हुनेछ ।
रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सुरुमा झापा मोरङ र सुनसरीमा बिदा दिएको थियो । यो वर्ष प्रदेशभर बिदा दिएको हो ।
विराटनगरमा विक्रम संवत १९८८ सालदेखि
‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालयता खटसँगै रथयात्रा निकालिंदै आएको
छ ।
विराटनगरको राधाकृष्ण रथयात्रालाई दक्षिण
एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।
विराटनगर महानगरपालिका-१ स्थिति
राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार
क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गर्ने छ ।
राधाकृष्ण मन्दिर परिसरबाट निकालिने
रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । यात्राका
क्रममा ४६ स्थानमा रथलाई विश्राम दिइनेछ ।
राधाकृष्ण रथयात्रालाई लक्षित गरेर
प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
रथयात्राका क्रममा हुनसक्ने सम्भावित
चोरी र पकेटमारी रोक्नका लागि उच्च सतर्कता अपनाइएको मोरङ प्रहरीका प्रवक्ता
डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।