काठमाण्डौं, बैशाख १८
शिक्षक महासंघ र नेपाल सरकार विच हिजो भएको सहमती प्रति विद्यालय कर्मचारीहरुले आपत्ति जनाएका छन । महासंघले विद्यालय शिक्षक कर्मचारी परिषदसंग गरेको सहमती विपरित सरकारसंग सम्झौता गरि धोका दिएको कर्मचारीहरुले आरोप लगाएका छन । शिक्षक महासंघले हिजो गरेको सम्झौताको विरोध गर्दै कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका छन ।
विद्यालयका कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताबाट आफूहरू अन्यायमा परेको बताएका छन् । ‘लेखापालको खरदार सहर ३२ हजार ९ सय २ रुपैयाँ र कार्यालय सहयोगीको २६ हजार ८२ रुपैयाँ बनाउने भनेर महासंघसँग हाम्रो सहमति भएको थियो । तर, सरकारसँग सम्झौता हुँदा तोकिए बमोजिम भनेर आयो । तोकिए बमोजिम भनेको कति हो ?’ परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने, ‘ऐन बनेर नियमावली बनेर आउने रे । त्यो पनि कहिले बन्ने हो रु २०८३ मा ऐन आउला नियमावली आउला । त्यतिबेलासम्म के खाने रु कर्मचारी चाहिँ भोकै मर्ने ?’ तोकिए बमोजिम भनेकोमा आफूहरूको असहमति रहेको उनले बताए ।
शिक्षकले मात्र सेवा सुविधा लिएको र अन्तिममा कर्मचारीलाई महासंघले धोका दिएको उनको आरोप छ । आजै साँझ आन्दोलनको कार्यक्रम घोषणा गर्ने परिषद्ले जनाएको छ ।