काठमाडौं, मंशिर ३
पूर्वसभामुख
दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज (सोमबार) बिहान ११ बजेदेखि
ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
प्रधानमन्त्री
केपी शर्मा ओली, नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका
विभिन्न क्षेत्रका व्यक्तिहरू त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन्
।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत
पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा
आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन
विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।
सानोगौचरणमा
श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व
ढुङ्गानाको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले उनको अन्त्येष्टिका
समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी
गरेको छ ।
२ मङ्सिर २०८१, सोमबार ०८:१६ मा प्रकाशित