काठमाण्डाै, कार्तिक १२
व्यवसायी मीनबहादुर गुरूङले नेकपा (एमाले)लाई
दान दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी
गरेको छ।
सोमवार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा
सुनुवाइ हुँदा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश भएको हो।
उक्त
रिट अधिवक्ता ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले दिएका थिए।
इजलासले यो विवादमा रिट निवेदक ज्ञान
बस्नेतसमेत, विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर
गुरुङलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
विवादास्पद र अनुसन्धानको दायरामा परेका
गुरूङसँग एमालेले जग्गा लिएको भन्दै सोही पार्टीका केही नेतासहितले विरोध
गरिरहेका छन्।
एमालेले सहयोग लिन कुनै बाधा नपर्ने दावी
गर्दै आएको छ। यसअघि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र
व्यापारी गुरूङले भवन शिलान्यास गरिसकेका छन्।
११ कार्तिक २०८१, सोमबार ०६:४६ मा प्रकाशित