काठमाण्डाै, असोज ३०
बिहीबारदेखि घरेलु मैदानमा हुने साफ
च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपरले च्याम्पियन हुने लक्ष्य रहेको
बताएकी हुन्।
नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला
तुम्बाप्पो सुब्बाले साफ च्याम्पियनसिपको उपाधिका लागि लागिपर्ने बताएकी छिन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने
क्रममा उनले सबै टोली उपाधिकै लागि तयार भएको भन्दै आफूहरू पनि राम्रो प्रदर्शन
गर्ने बताइन्।
‘ग्राउण्डमा गएर सिधै खेल्दा केही अप्ठेरो हुन्छ, एक दिन मात्रै
रंगशालामा तयारी पाएका छौँ।’
अन्तर्राष्ट्रिय म्याच खेल्न पाएको भए आफ्ना
कमजोरीबारे पनि थाहा हुने बताउँदै उनले भनिन्, ‘त्यही कुरामा अल्झिएर भन्दा जे छ त्यसमा चित्त
बुझाएर अघि बढ्न पर्छ जस्तो लाग्छ।’

साफ महिला च्याम्पियनसिप कार्तिक १
गतेदेखि १४ गतेसम्म हुँदैछ।
नेपालले लगातार तेस्रोपल्ट महिला साफ
च्याम्पियनसिपको आयोजना गर्दैछ।
२९ असोज २०८१, बुधबार ०६:०५ मा प्रकाशित