काठमाडाैं , साउन २४
ठूलो मात्रामा विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दीपेश भुसाल छन् ।
महेशको साथबाट १६ हजार ५५० युरो, १० हजार ९०० क्यानडियन डलर बरामद भएको छ । मावनको साथबाट ८ हजार ९५० युरो, ३ हजार ६६० थाई भाट बरामद भएको छ ।
२३ साउन २०८१, बिहिबार ०१:५४ मा प्रकाशित