आज विश्व पुस्तक दिवस

Jhalkonepal

 काठमाडाैं , बैशाख १०

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदैछ ।

दिगो विकास लक्ष्य हासिल गर्न साहित्यको भूमिका भन्ने  नाराका साथ यस बर्ष यो दिवस मनाइदैछ । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ तारिखमा यो दिवस मनाउन पहल गरेको थियो ।

दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानून जानकारी र प्रतिलिपि अधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा छ ।

नेपालमा २०२२ सालमा प्रतिलिपिसम्बन्धी कानून लागू भएको थियो । आजको दिनले विश्व साहित्यमा समेत ऐतिहासिक महत्त्व राख्छ

प्रतिक्रिया