काठमाडाैं, साउन २१
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाेड्नु भएकाे छ । विद्यार्थीहरूको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । उहाँ चढेको हेलिकप्टर भारततर्फ लागेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर हजारौँ प्रदर्शनकारीले लुटपाटका साथै तोडफोड शुरू गरेका छन् । सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।
पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र बनाउने क्रममा लगेका योद्धाका परिवारलाई दिइएको कोटाका कारण सर्वसाधारण जागिरबाट वञ्चित भएको भन्दै शुरू भएको आन्दोलनमा दुई सय जनाको ज्यान गएको थियो ।
२० साउन २०८१, सोमबार ०४:२६ मा प्रकाशित