रास्वपा संसदीय दलको बैठक बस्दै

Jhalkonepal

काठमाडाैं, वैशाख २५

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक  बस्दैछ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक रास्वपाले जनाएकाे छ ।  

 बैठकका लागि चारवटा कार्यसूची तय गरिएको छ।

संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ।

आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा छलफल हुने बताइएकाे छ । त्यस्तै पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुनेछ।

प्रतिक्रिया