काठमाण्डौ, साउन २२
काभा
वुमन्स भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्य राखेको नेपालले आजको सेमिफाइनल खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
लिग
चरणमा इरानसँग मात्र पराजित भएको नेपाल त्यसको बदला लिंदै फाइनल पुग्ने लक्ष्यमा छ
।
नेपाल र
इरानबीचको खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ ।
त्यसअघि दिउँसो ३ बजे भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
लिग
चरणमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो । शनिबार भारतलाई हराएपछि
लगातार खेल्नुपरेकोले आइतबार इरानसँग पराजित भएको मुख्य प्रशिक्षक जगदिश भट्टले बताएका
थिए ।
इरानी
टोलीमा एक खेलाडी बाहेक सबै खेलाडी १९ वर्षमुनिका छन् । उनीहरुले लिग चरणमा
नेपालविरुद्ध डिफेन्समा उत्कृष्ट प्रदर्शन गरेका थिए । हजारौंको संख्यामा रहेका
नेपाली समर्थकविरुद्ध पनि इरानले एकजुट भएर नआत्तिकन खेल प्रदर्शन गरेको थियो ।
कप्तान
अरुणा शाहीले पनि इरानसँगको खेलमा आफूहरूलाई गल्ती गर्ने कुनै छुट नभएको बताउँदै
राम्रो प्रदर्शन गर्ने बताइन् । ‘उपाधि जित्ने लक्ष्य राखेपछि हामीलाई गल्ती गर्ने छुट छैन,’ कप्तान अरुणाले भनिन् ।
नेपालले
अहिलेसम्म इरानसँग खेलेका दुवै खेलमा पराजित भएको छ । सन् २०१७ मा भएको एफआईभिबी
वुमन्स भलिबल क्वालिफिकेसनमा नेपाल इरानसँग सोझो सेटमा पराजित भएको थियो भने यसपटक
घरेलु कोर्टमै पराजित भयो ।
काभा नेसन्स लिगमा भारतलाई हराउने
लक्ष्य पूरा गरेको नेपालको अब अर्को लक्ष्य उपाधि जित्ने छ । त्यसका लागि
सेमिफाइनलमा इरानलाई हराउनुपर्नेछ र त्यसपछि फाइनल जित्नुपर्नेछ । श्रीलंका
तुलानात्मक रुपमा कमजोर रहेकोले भारत फाइनल पुग्नका लागि बलियो दाबेदारको रुपमा छ
।