कञ्चनपुर, असोज ९
कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ।
जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४
वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको
मृत्यु भएको हो ।
चटयाङ
लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन्। रुखमा ओत लाग्ने
क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ। उनको प्राथमिक स्वास्थ्य
केन्द्र दोधारा चाँदनीमा उपचार भइरहेको छ।
८ असोज २०८१, बुधबार ०४:४६ मा प्रकाशित