काठमाडौं , भदौ २६
आज एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। आज सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाकाे एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।
२५ भदौ २०८१, बुधबार १२:०९ मा प्रकाशित