काठमाडौँ , कात्तिक ३
देशका पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही
बाँकी -भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू -भागका
एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
रहेको जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, मधेश
प्रदेश, बागमती प्रदेश, गण्डकी
प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भू -भागमा आंशिक देखि साधारणतया बदली रही
बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती
प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भू
भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको
सम्भावना रहेको छ ।
२ कार्तिक २०८१, शनिवार ०७:०५ मा प्रकाशित