काठमाडौँ,कार्तिक १५
राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले
राजीनामा दिएका छन् ।
बुधबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगालादेशसँग
पराजित भएपछि प्रशिक्षक तामाङले अब राष्ट्रिय महिला टिम नहेर्ने बताएका हुन् ।
उनले अब आफूले क्लब हेर्ने प्रतिक्रिया दिएका छन् ।
नेपालले साफ च्याम्पियनसिपको इतिहासमा सात मध्ये ६ फाइनलमा पुगेर
उपविजेतामै चित्त बुझाएको छ ।
१४ कार्तिक २०८१, बिहिबार ०८:४२ मा प्रकाशित