जोशीलाई प्रहरी हिरासतमा पठाउन अदालतको आदेश

Jhalkonepal

काठमाडौं , माघ  ६

नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका जोशीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन् । तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।

 

प्रतिक्रिया