त्रिभुवन विश्वविद्यालय: स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय

Jhalkonepal

काठमाडौं,कार्तिक ५

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय गरेको छ । 
शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गदा दुवै भाषामा सोध्ने निर्णय गरेको जानकारी दिइन् । 
उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरिएको उनले बताइन् । 
हाललाई शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानून संकायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिने बताइएको छ ।
 

प्रतिक्रिया