नेकपा (एमाले)ले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दै

Jhalkonepal

काठमाण्डौ, वैशाख ११

नेकपा (एमाले)ले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ।

लोकतन्त्र दिवसको अवसर पारेर एमालेले काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो। आज दिउँसो १ बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरु हुने आयोजकले जनाएको छ।

कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने छन्।

जसअनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्ने छन्।

‘४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नु हुनेछ, त्यहाँ कन्सर्ट हुन्छ, विभिन्न नाचगान हुन्छ, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने छ, झाँकीमा युवाहरू नै सहभागी हुन्छ, कार्यक्रममा युवाहरूले पाकाहरूलाई छपक्कै छोप्ने छन्,’ उनले भने।

प्रतिक्रिया