कोशी प्रदेशमा बर्षा, अन्य प्रदेशमा के छ आजको मौसम

Jhalkonepal


काठमाडौ ,जेठ ८ 

बिहीबार बिहान कोशी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा झापाको कन्चना मापन केन्द्रले ८ मिलिमिटर वर्षा मापन गरेको छ। मोरङ , सुनसरी र इलामका एक-दुई स्थानमा पनि वर्षा भएको छ।

पछिल्लो ६ घन्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हल्का वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ।

प्रतिक्रिया