एनपी साउद भन्छन सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ

Jhalkonepal

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । 

सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गरेर उखु किसानको माग तत्काल सम्बोधन गर्नुपर्ने उनको माग छ । 

‘म सरकारसँग उद्योगी र किसानको हितलाई दृष्टिगत गरी चिनीको आपूर्ति सन्तुलनसमेत कायम रहने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु,’ साउदले फेसबुकमा लेखेका छन् । 

पूर्वपरराष्ट्रमन्त्री साउदले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको ३५ रुपैयाँ प्रति क्विन्टललाई तत्काल पहिलाकै दरअनुसार ७० रुपैयाँ प्रति क्विन्टल कायम गरेर किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने पनि उल्लेख गरेका छन् । 

‘हाल अनुदान रकम कटौती र बक्यौता रकम नपाएपछि किसानहरू फेरि माइतीघरमा धर्नामा बस्न बाध्य भएका छन्,’ उनले लेखेका छन्, ‘विगतमा भएका सम्झौतापछि पनि अझै ठूलो रकम भुक्तानी गर्न बाँकी रहनु दुःखद छ ।’

प्रतिक्रिया