जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने नेपाल भ्रमणमा आउदै

Jhalkonepal

काठमाडौं , बैशाख २३

जापानकी विदेशमन्त्री योको कामिकावा आज नेपाल भ्रमणमा आउदैहुनुहन्छ । नेपाल भ्रमणका क्रममा मन्त्री कामिकावा आज काठमाडौं आउन लाग्नु भएकाे हाे।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एक दिन नेपालमा रहने कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने तालिका रहेकाे छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ।

नेपालस्थित जापानी दूतावासले पनि यो भ्रमणले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।

जापानकी विदेशमन्त्री कामिकावा आजै स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया