काठमाडौ , असार २४
चिकित्सकहरूले काठमाडौंको माइतीघरमा प्रदर्सन गरेका छन्।
नेपाल चिकित्सक संघको आह्वानमा आज पनि देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द छ।
उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका हुन्।
नेपाल चिकित्सक संघले असार २० गतेदेखि नै आन्दोलन अघि सारेकी थियो ।
२३ असार २०८२, मङ्गलबार १२:३५ मा प्रकाशित