काठमाडौं, मंशिर ३
आज कोशी र
गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम
विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम
रहेको छ।
विभागका अनुसार
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको
छ।
आज दिउँसो
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी
भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका
एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी
र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया
सफा रहने छ।
२ मङ्सिर २०८१, सोमबार ०६:४९ मा प्रकाशित