चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु

Jhalkonepal


काठमाडौँ , बैशाख १९

 चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु भएको छ । बुधबार बिहान गुआङ्दोङ प्रान्तमा 'एक्सप्रेस वे' भत्किँदा २० वटा गाडी खसेका थिए । पहिरोमा परी ३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

बुधबार बिहान २ बजेतिर मेइचौ-दाबु एक्सप्रेसवे भत्किएको हो । सडकको करिब १७‍.९ मिटर लामो भाग भत्किएको छ । गत हप्ता चीनकै सबैभन्दा बढी जनसंख्या भएको गुआङ्दोङ प्रान्तमा आकस्मिक बाढी आएको थियो । उक्त बाढीमा कम्तीमा ४ जनाको मृत्यु भएको थियो भने १ लाख १० हजार विस्थापित भएका थिए ।

 

प्रतिक्रिया