आशिका तामाङ धरौटीमा रिहा भएलगतै पक्राउ

Jhalkonepal

काठमाडौं, माघ १४

 

अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएकी छन् । उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन्।

पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् ।

काठमाडौं स्थित प्रहरी वृत्त गौशालाले उनको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्दा आज उनी धरौटीमा रिहा भएकी हुन्। उनी छुटेपछि फेरि गौशाला प्रहरीले आफ्नो साथमै कार्यालय लगेको छ ।

भक्तपुरकाे जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने प्रहरी स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया