काठमाडाैं, चैत १३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार सिरहाको धनगढीमाई नगरपालिका-११ का २३ वर्षीय पुरूषोत्तम शर्मालाई ५० ग्राम सुनसहित पक्राउ गरिएको हाे ।
विमानस्थलको आगमन पार्किङ एरियामा शंकास्पद तरिकाले उभिरहेको अवस्थामा दिउँसो शर्मालाई पक्राउ गरिएको हो।
शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
१२ चैत २०८०, मङ्गलबार ०८:२८ मा प्रकाशित