पोखरा , पुस २५
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन
गरेको आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख
रुपैयाँ धरौटीमा छाड्न आदेश
दिएको बताइएको छ ।
कास्की जिल्ला अदालतमा यही पुस १६
गतेदेखि लामिछानेसहित उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भइरहेकोमा आज
सकिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते सहकारीको रकम
अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित
अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको थियो ।
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा
सरकारी वकिलको कार्यालय कास्कीले अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा
मुद्दा अघि बढाइएको थियो ।
२४ पुस २०८१, बिहिबार ०६:२८ मा प्रकाशित