प्रतिनिधि सभाको बैठक बस्दै

Jhalkonepal

काठमाडाैं, भदाै ६

प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

यसैगरी  सार्वजनिक महत्त्वको विषयमाथी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने पनि कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया