काठमाण्डौ, साउन २३
सातवटै प्रदेशमा आज बिहानैदेखि
वर्षा भइरहेको छ ।
देशभर साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका
केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका
थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा
मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका
धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि
मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका
थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र सुदूरपश्चिम प्रदेशका थोरै
तथा लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम
प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले प्रष्ट
पारेको छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम
प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम
प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
अति भारी
वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता
प्रकोपको जोखिम वा क्षतिबाट बच्न सचेत रहन विभागले आग्रह गरेको छ ।
दैनिक
जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक
असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
हाल
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको
उत्तरतर्फ छ । न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा नेपालमा र
दक्षिणतर्फ रहँदा भारतमा धेरै वर्षा हुन्छ ।