काठमाण्डौ, साउन २३
अमेरिकी राष्ट्रपति पदका उमेद्वार कमला
ह्यारिसले उपराष्ट्रपतिका लागि टिम वाल्जलाई चयन गरेकी छन् ।
डेमोक्रेटिक
पार्टीका तर्फबाट उमेद्वार बनेकी ह्यारिसले मिनेसोटाका गभर्नर वाल्जलाई आफ्नो
टिमबाट उपराष्ट्रपतिको उमेदवारमा चयन गरेकी हुन्
६० वर्षिय वाल्ज बालबालिकाको अधिकारका क्षेत्रमा
क्रियाशिल छन् । उनले मिनेसोटालाई बच्चा
हुर्काउनका लागि देशकै सबैभन्दा उत्कृष्ट राज्य बनाउने घोषणा गरेका थिए । दुवैले
संयुक्त रुपमा चुनावी सभाको कार्यक्रम अघि बढाउने भएका छन् ।
२२ साउन २०८१, बुधबार ०९:४१ मा प्रकाशित