शिक्षा मन्त्रीको कुर्सीमा पन्त

Jhalkonepal

काठमाडौँ, वैशाख १०

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार नियुक्त गरेका हुन् ।

समग्र शिक्षा सुधारसहित शिक्षकहरूले आन्दोलन चर्किरहेका वेला विद्या भट्टराईले शिक्षामन्त्रीबाट अचानक राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उनको ठाउँमा पन्तलाई मन्त्रीको जिम्मेवारी दिए । पन्तले बिहीबार शपथ ग्रहणपछि कार्यभार सम्हाल्नेछन् ।

पन्त २०७९ को निर्वाचनमा एमालेका तर्फबाट समानुपातिकतर्फ सांसद निर्वाचित भएका हुन् । यसअघि २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रममन्त्री बनेको उनीसँग अनुभव छ । योसँगै पन्त दोस्रो पटक मन्त्रीको भूमिकामा सिंहदरबार प्रवेश गर्दैछन् ।

प्रतिक्रिया