आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

Jhalkonepal

काठमाडाैं फागुन २५

आज  ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

अन्तर्राष्ट्रिय महिला दिवस दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ ।यो पटक आजै शिवरात्री परेकाले हिजो नै महिला दिवसका विविध कार्यक्रमहरू भकाएछन् । 


 नेपालमा यस वर्ष ‘महिलामा लगानी : सभ्य र सम्मुनत समाजकाे थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

प्रतिक्रिया