सुनसरी, कार्तिक ४
सुनसरी धरान उपमहानगरका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का
वडाध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन
आदेश दिएको छ ।
धरानका उप मेयर आइन्द्र
विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत
विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो । । न्यायधिस ध्रुवराज नन्दको इजलासले धरानका मेयर हर्क साम्पाङले दिएको
कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो ।
मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै वडा अध्यक्ष फागोलाई कार्यवाहक मेयरको
जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाध्यक्षलाई कावा तोकेसँगै कार्त्तिक ४
गते उप मेयर आइन्द्र विक्रम बेघा अदालत गएका थिए । आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य
विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा (४) को देहाय (क) को देहाय (१२) ले
गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार
सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम
आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको
कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६र २३ को
पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत
नियमावली, २०७३ को नियम ४२ बमोजिम
अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।