सुर्खेत, मंसिर २५
प्रहरीले गरिरहेकको अनुसन्धानलाई प्रभावित हुने गरि कसैले पनि बोल्नु नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुर्खेतमा मंगलबार पत्रकारहरूसँगको कुरानकानीमा गृहमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई लक्षित गर्दै अनुसन्धान प्रभावित हुने गरि कसैले पनि बोल्नु नहुने बताए ।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने गरी प्रमुख प्रतिपक्षी दलका नेताले अभिव्यक्ति दिनु बेठिक भएको बताएका छन्।
साथै गृहमन्त्री लेखकले कसैको मानव अधिकार हनन् हुने गरी अनुसन्धान नगरिएको पनि बताए।
‘अदालतलाई र अनुसन्धानलाई प्रभावित गर्ने र न्यायिक प्रक्रिया प्रभावित गर्ने गरी बोल्नु बेठिक हो। प्रमुख प्रतिपक्षी दलका नेताले यस्तो काम गर्नु झन् दुर्भाग्यपूर्ण हो,’ गृहमन्त्री लेखकले भने।
प्रमुख प्रतिपक्षी दल नेता नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले सोमबार फेसबुकमा लेख्दै रास्वपा सभापति लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका थिए।