काठमाडौ , असार ३
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
२ असार २०८२, मङ्गलबार ०१:०२ मा प्रकाशित