मोरङ, असोज १९
मोरङ र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर काे PTI कसमूह र लागु औषध नियन्त्रण ब्युरो विराटनगर वाट खटिएको प्रहरी टोलीले सुनसरीको कोसी गाउँपालिका १ लौकहीबाट भोक्राहा नर्सिङ गाउँपालिका ६ का २४ वर्षीय नजाम आलम र वराहक्षेत्र नगरपालिका ११ का ओसिम अन्सारी ,पथरीशनिश्चरे नगरपालिका ९ का २६ वर्षीय रविन धिमाल र सुनवर्सी नगरपालिका ९ का ५० वर्षीय मित्र बहादुर राई लाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी
मोरङको विराटनगर १४ र १५ स्थितबाट अवैध भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर ९ PTI बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अवस्थामा कुर्था सुरुवाल, लेडिज टप्स, जेन्स अन्डरवेयर समेत गरी करिव १ लाख ४ हजार ७ सय ५० रुपैयाँ मूल्य बरावरको सामान बरामद गरेको हो । बरामद गरिका उक्त सामग्रीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगर मा बुझाइएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्र तथा अन्य स्थानमा प्रहरीले थप कडाइका साथ चेकजाँच सुरु गरेको छ ।
१८ असोज २०८०, शुक्रबार ०९:४८ मा प्रकाशित