काठमाडौँ,साउन ३२
नेपाल आयल
निगमले पेट्रोल, डिजल र
मट्टीतेलको भाउ घटाएको छ ।
बिहीबार
साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा
मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि
लागू भएको छ ।
घटेको
मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल
प्रतिलिटर १६२, डिजल र
मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम
भएको छ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल
प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना
मार्फत जानकारी दिएको छ ।
३१ साउन २०८१, शुक्रबार ०६:३८ मा प्रकाशित