भारत: राहुल गान्धी सहित विपक्षी सांसदहरू प्रहरी नियन्त्रणमा

Jhalkonepal

काठमाण्डौ, साउन २६

भारतमा विपक्षी दलका सांसदहरूले संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयतर्फ निकालेको र्‍यालीका क्रममा राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादव लगायतका विपक्षी सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदाता नामावलीमा गडबडी गरेको आरोप लगाउँदै विपक्षी सांसदहरू निर्वाचन आयोग घेराउ गर्न र्‍यालीसहित संसद् भवनबाट अघि बढेका थिए।

त्यस क्रममा प्रहरीले राहुल, प्रियंका, अखिलेशसहित विपक्षी दलका केही सांसदहरूलाई पक्राउ गरेको हो।

विपक्षी दलहरूले लोकसभा चुनाव, महाराष्ट्र र हरियाणाका विधानसभा चुनावमा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै आएका छन्।

आयोगले भने उक्त आरोपमा कुनै सत्यता नरहेको बताउने गरेको छ।

प्रतिक्रिया