काठमाण्डाै, असार ५
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक
बिहीबार बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने संसद्
सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ। बैठकमा
विनियोजन विधेयक, २०८२ को विभिन्न
शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयका विभिन्न
शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।
वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला
तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा
मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्राल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि
समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ।
४ असार २०८२, बिहिबार ०७:३७ मा प्रकाशित