काठमाण्डौ , सावन ३
आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वका इलाम र झापासहित केही ठाउँमा गएराति पनि ठूलो पानी परेको थियो । कोशी, बागमती र कर्णालीका एक/दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ ।
मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्नसक्ने भएकाले पर्सि सोमवारसम्म सकभर लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छ्न ।
३ साउन २०८२, शनिवार ०८:४४ मा प्रकाशित